नियम ८४
निरीक्षण एवं कारबाही
ः
(१) यस नियमावली बमोजिम प्रदान गरिएको वा मान्यता दिएको कुनै पनि ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त व्यक्ति वा संस्थाले त्यस्तो ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रमा उल्लिखित कार्य गर्दा ऐन, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्था र नियम ८० बमोजिम दिईएको आदेश तथा निर्देशनको पालना गरे नगरेको प्राधिकरणको तर्फबाट अधिकार प्राप्त अधिकारीले निरीक्षण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अधिकार प्राप्त अधिकारीले निरीक्षण गरेकोमा तत्सम्बन्धी प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश गरेको प्रतिवेदनको आधारमा महानिर्देशकले सम्बन्धित ईजाजत, रेटिंग तथा प्रमाणपत्र बाहकलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिएको निर्देशनको पालना गर्ने दायित्व सम्बन्धित ईजाजतपत्र, रेटिंग तथा प्रमाणत्र
बाहकको हुनेछ ।
(४) प्राधिकरणको तर्फबाट अधिकार प्राप्त अधिकारीले निरीक्षण गर्दा लाग्ने शुल्क वा खर्च सम्बन्धित संस्था वा व्यक्तिले ब्यहोर्नु पर्नेछ ।
(५) उपनियम (२) बमोजिम प्राप्त हुन आएको प्रतिवेदनको आधारमा महानिर्देशकले आवश्यक छानविन गरी गराई आवश्यक भएमा सम्बन्धित ईजाजतपत्र रेटिंग वा अन्य प्रमाणपत्र खारेज, स्थगित वा निलम्वन गर्न सक्नेछ र वायुसेवा कर्मचारीको हकमा कारवाहीका लागि सम्बन्धित वायुयान धनी वा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको संचालक कहाँ लेखी पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम लेखी आएको अवस्थामा त्यस्तो कर्मचारीलाई कारवाही गरी सजायको आदेश दिनु सम्बन्धित वायुयान धनी वा सम्बन्धित वायुसेवा संचालन संस्थाको कर्तब्य हुनेछ । सो बमोजिम गरिएको कारवाहीको जानकारी महानिर्देशकलाई दिनु पर्नेछ ।